कुलपति रनिङ सिल्डः भद्रकाली र कालिका उपाधिका लागि भिड्दै
पाेखरा | माघ १२, २०७९
पोखराः प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो । भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८औं, ५५औं र ५९औं मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औं मिनेट र १८औं मिनेटमा गोल गरेका थिए ।
कालिकाले दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१औं मिनेटमा तेजले गरेको गोलनै खेलको निर्णायक भयो ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । फाइलन खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

