टाइगर कप: आर्मी र एपिएफ फाइनल प्रवेश
पाेखरा | माघ १२, २०७९
पोखरा: पोखरामा सञ्चालन भइरहेको टाइगर कपमा महिला तर्फ विभागिय क्लब एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको आज भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबले आयोजक गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो ।
एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो । यस्तै गण्डकी प्रदेश लिग र नकआउट गरी सबै चार खेलमा हार बेहोर्न पुग्यो । गण्डकीले समूह चरणमा एपिएफ, आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग हार बेहोरेको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबलाई पराजित गर्दै फाइनलमा एपिएफ क्लबसँग भेट पक्का गरेको छ ।
पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।
फाइनलमा एपिएफ र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तृतिय स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । अहिले पुरुषतर्फको खेल भईरहेको छ ।
टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

