आचार्यको आत्मदाहपछि पोखरामा नेविसंघको प्रदर्शन गृहमन्त्रीको राजीनामा माग
पाेखरा | माघ ११, २०७९
पोखराः पोखरामा नेपाल विद्यार्थी संघ जनप्रिय क्याम्पस समितिले आत्मदाहपछि मृत्यु भएका प्रेमप्रसाद आचार्यको पक्षमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
आफ्नै शरीरमा आगो सल्काएर आत्मदाह गरेका आचार्यको सरकारले हत्या गरेको भन्दै नेविसंघ जनप्रिय क्याम्पस समितिले पोखरामा प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको हो ।
पोखराको विभिन्न क्षेत्रमा प्रदर्शनपश्चात् संघले लखनचोकमा कोण सभा गर्दै ‘माफियाको गृहमन्त्री राजीनामा दे’, ‘राष्ट्र रक्षा र जनताको रक्षाको लागि एक हौं’, ‘दुईवटा नागरिकताधारी गृहमन्त्री राजीनामा दे’, ‘बैंकिङ् ज्यादती बन्द गर्’ लगायतका नारा लगाए ।

कोण सभामा बोल्दै विरोध ¥याली प्रदर्शनका संयोजक निर्दोष विक्रम पौडेलले सरकार माफियाहरुसँग मिल्दा साना व्यवसायीले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए ।
‘सरकार व्यवसायीको पक्षमा देखिएन, माफियासँग सरकार मिलेको छ एउटा व्यवसायीले आत्मदाह गर्दा सरकार हेरेर बन्छ, पौडेलले भने, ‘अब कुनै व्यवसायीले आत्मदाह गर्न नपरोस भनेर व्यवसायीको पक्षमा प्रदर्शन गरेका हौ, सरकारले सानादेखि ठूला व्यवसायीलाई समान व्यवहार गर्न आवश्यक छ ।’

पौडेलले विदेशमा समेत शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, त्यो आत्महत्या होइन सरकारले गरेको हत्या गरेको बताए ।
‘शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, उनले भने, ‘हिजोको घटना फेरी दोहोरिनु भएन, सबैखाले व्यवसायीको पक्षमा सरकारको ध्यान पुग्न आवश्यक छ ।’
मंगलबार आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्कारएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आफै आगो लगाएका घाइते भएका आचार्यको उपचारको क्रममा अस्पताल आज बिहान मृत्यु भएको थियो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

