मन्त्री राईद्वारा आगलागी पीडितलाई सहयोग

काठमाडाैं | माघ ११, २०७९

मन्त्री राईद्वारा आगलागी पीडितलाई सहयोग

हिले:  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो । 


सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले आगलागि पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो । 


गत पुस ३० गते राति आगलागि हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद ईन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित बिभिन्न सामग्री प्रदान गरेका छन् । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्