विराटनगरमा घरेलु मदिरासहित ३ पक्राउ
विराटनगर | माघ ११, २०७९
विराटनगर: अवैध घरेलु मदिरासहित विराटनगरबाट ३ जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो।
को १ ह १८६९ नम्बरको टेम्पोसहित उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी–११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई छन्।
बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए। उनले पक्राउ परेकामाथि आवश्यक कारबाही अघि बढाईएको बताए।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

