कालीकोटका बाढीपीडितले अझै राहत पाएनन्
कालीकोट | माघ ७, २०७९

कालीकोट: कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ । जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ ।
बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “समितिले पटकपटक विवरण पठाउन ताकेता गर्दै आएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्”, उनले भने । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उनको आरोप छ ।
कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताए । “पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन”, उनले भने ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...