समृद्धि र राष्ट्रिय स्वाधीनताको लागि सभामुख घिमिरेको पक्षमा मतदान गरौँ: हितराज पाण्डे

काठमाडाैं | माघ ५, २०७९

समृद्धि र राष्ट्रिय स्वाधीनताको लागि सभामुख घिमिरेको पक्षमा मतदान गरौँ:  हितराज पाण्डे

काठमाडौं:  सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको छ ।


बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो ।


सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिन समर्थन गरेको पनि दोहोर्‍याउनुभयो ।


‘‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अब हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौं ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो,  ‘‘त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिनुहुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूलाई अनुरोध गर्दछु ।’’


प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि  घिमिरेको नेतृत्वमा सङ्घीय संसद् भए सहज हुने दाबी गर्नुभयो ।
    

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्