सडक सुधार्न हिँड्दै उपप्रधानमन्त्री

पाेखरा | माघ ५, २०७९

सडक सुधार्न हिँड्दै उपप्रधानमन्त्री

कावासोती:  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ। 
 

बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।   


उहाँले नवलपुरको गैँडाकोट, रजहर, दुम्कौली र डण्डासम्मको निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सडक निरीक्षणका क्रममा उहाँले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाडि निर्माणमा ढिलाइ भएको सडकका बारेमा समेत चासो लिनुभएको थियो।


मन्त्री श्रेष्ठले सडकबाट करिब पाँच सय मिटर पैदल हिँडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ।


सडक निर्माण समयमा नै हुन नसकेको अवस्थामा जनताले गर्ने गुनासोलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कम्पनीलाई तत्काल निर्माणमा तदारुकतामा उहाँले जोड दिनुभयो। 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्