बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बाग्लुङ | माघ ४, २०७९

बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु सांकेतिक तस्बिर

बागलुङ:   बागलुङमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 


बागलुङ–बरेङ सडकखण्ड निर्माणमा सञ्चालन भइरहेको टिपर सामग्री छाडेर फर्किदै गर्दा बागलुङ नगरपालिका ८ सिगानामा टिपर दुर्घटना हुँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का ४३ वर्षीय टिपर चालक राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए । 


बागलुङ नगरपालिका- ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बागलुङ नगरपालिका-८ सिगानादेखि वडा-३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर आज बुधबार बिहान साढे ९ बजे अनियन्त्रित भई सिगानाको शेरामा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्