बुटवलमा हातहतियारसहित दुई व्यक्ति प्रकाउ
बुटवल | माघ ३, २०७९

बुटवलः बुटवलमा हातहतियार र विस्फोटक पदार्थसहित नवीन रेग्मी र विश्वराज कार्की पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई प्रहरीले प्रकाउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७।६२ एमएमको गोली ४ राउण्ड, ०।२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिनुभयो । प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो ।
डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...