उम्मेदवारी सिफारिसमा कांग्रेसको ध्यानाकर्षण : विधान विपरित शुल्क नलिनू

काठमाडाैं | चैत २७, २०७८

उम्मेदवारी सिफारिसमा कांग्रेसको ध्यानाकर्षण : विधान विपरित शुल्क नलिनू

काठमाडौं, चैत २७ गते । नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावली विपरित कुनै प्रकारको रकम माग नगर्न ध्यानाकर्षण गराएको छ ।

आइतबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

मुख्यसचिव पौडेलले पार्टीको विधान २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्कबाहेक अन्य कुनै किसिमको रकम लिन एवम् नउठाउने विषय उल्लेख गरिएको जानकारी पत्रमा गराउनु भएकाे छ ।

‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ', उक्त पत्रमा उल्लेख छ ।

 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्