अहिलेसम्म शव नपाएपछि आफन्त र परिवारजन आक्रोशित

पाेखरा | माघ २, २०७९

अहिलेसम्म शव नपाएपछि आफन्त र परिवारजन आक्रोशित


काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटनामा परेको विमान दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि शव नपाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा भएका आफन्तजन एवं परिवारका सदस्यहरु आक्रोशित भएका छन् । 

 

परिवारजनलाई आज शव दिइने जानकारी गराइएको थियो । सोही जानकारीअनुसार त्यहाँ भेला भएका आफन्तहरुले प्रक्रिया लामो भएको र मिटिङमात्रै बसेको भन्दै रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्दै आफन्तजनहरुले आक्रोशित हुँदै भने ‘हामी हाम्रो मान्छेको शव आफै झिकेर लान्छौं, यहाँ रोक्न पाइँदैन ।’

 

त्यस्तै, उनीहरुले मृतकका आफन्तहरु देशभरबाट भेला भइसक्दा पनि शवको पोष्टमार्टम किन हुन सकेन ? भन्दै प्रश्न गरेका छन् । 

 

‘हिजो घटना घट्यो, अझै मिटिङ भन्दै हामीलाई थप दुखित बनाउने ?’ उनीहरुको प्रश्न छ । 

 

सम्बन्धित निकायले बीमा दाबी गर्न प्रक्रिया पु¥याउने भन्दै स्थितिबारे जानकारी गराउँदा पनि पीडितहरुको आक्रोश थामिएको छैन । प्रतिष्ठानले भने शवको पोष्टमार्टम भइरहेको जानकारी गराउँदै यथाशक्य चाँडो शव उपलब्ध गराउने जनाएको छ । 

 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो ।

 

विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्

बागलुङ:  तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्त...

थप पढ्नुहोस्