पहिचान भएका ६८ जनाको पोस्टमार्टम तयारी, ४ जना अझै बेपत्ता
पाेखरा | माघ २, २०७९

पोखराः पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए ।
जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको बानियाँले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जनाएको छ ।
जीवन बीमा दाबीका लागि सतर्कता अपनाउनु पर्ने यस अघि एयर बङ्गलाको घटनाले पाठ सिकाएको थियो । सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेको छ ।
आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ । अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...