स्थानीयलाई विमान दुर्घटनास्थल पुग्ने हतारोले एम्बुलेन्स जाममा
पाेखरा | माघ १, २०७९
काठमाण्डौबाट पोखरा आउँदै गरेको यतिको विमान सेती खोंचमा दुर्घटना भएपछि उद्धारार्थ जुटेका एम्बुलेन्स र प्रहरीका गाडीहरु त्यहाँ पुग्न कठिनाई भइरहेको छ ।
पोखराभित्र रहेका एम्बुलेन्सहरु आपतकालीन उद्धारकालागि निस्केपन िसडकमा अत्यधिक जाम भएको छ । आज बिदाको दिन रहेकाले पनि स्थानीयहरु घटनास्थलमा पुग्ने क्रममा सडक जाम भएको छ ।
प्रहरी र ट्राफिकहरुले यथाशक्य प्रयास गर्दा पनि सडक खोल्न हम्मे पर्दा उद्धार र शव संकलनार्थ एम्बुलेन्सहरु बाटैमा रोकिएका छन् ।
६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखराको सेती खोंचमा दुर्घटनामा परेको हो । उक्त विमान काठमाण्डौबाट आउँदै गर्दा विमानस्थलबाट करिब २ किलोमिटरको दुरीमा दुर्घटना परेको छ ।
घटनास्थलमा हेर्न जानेको संख्याले गर्दा एम्बुलेन्सले बाटो पाउन नसकेको हाम्रा सम्वाददाता बिबि रोकाले जनाएका छन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

