संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

कास्की | जेठ १८, २०७९

संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

पोखरा:  वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।

 

हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे । 

 

गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ  (युके) को  पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो ।

गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो ।
 

स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे ।

 

उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

 

यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो  संग्रहालय नै गुमाएको उल्लेख गरे ।

 

उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए ।

 

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।   
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्