संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन
कास्की | जेठ १८, २०७९
पोखरा: वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।
हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे ।
गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ (युके) को पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो ।
गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो ।
स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे ।
उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो संग्रहालय नै गुमाएको उल्लेख गरे ।
उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

