अखाद्य रङ प्रयोग गर्ने पाँच ठेला व्यवसायी पक्राउ
पाेखरा | पुस २९, २०७९
कावासोती: जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इँट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बदाम रातो बनाउन अखाध्य वस्तु प्रयोग गरेर गाउँमा बदाम बिक्री गर्ने ५ ठेलाका बदाम र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
पाँच वटा ठेलाबाट झण्डै छ हजार मुल्य बाराबरको २४ किलो बढी अखाद्य रङ प्रयोग भएको छ । अखाद्य रङ प्रयोग भएको बदाम नष्ट गरिएको र रातो बनाउन प्रयोग गरिने रङलाई थप जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

