अष्ट्रेलियाको विग व्यासमा नेपालीलाई अवसर
काठमाडाैं | पुस २९, २०७९
काठमाडौं: अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यँहाका विभिन्न महत्वपुर्ण क्षेत्रहरुमा महत्व पाउँदै गएको छ ।
क्रिकेटको विश्वकै नम्बर ‘वान’ राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट अहिले जारी रहेको छ । यहि क्रममा एडिलेडमा सोमबार भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेट्स बिचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीले प्राप्त गरेका छन् ।
बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अवसर दिइएको हो ।
अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुगेका थिए ।
यस अगाडी एनका अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो । जोशीले भने, ‘नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासको लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको छ ।’
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

