भेडाबारी स्वास्थ्य चौकी: वडाध्यक्ष र डाक्टरबीच सवाल–जवाफ
पाेखरा | पुस २८, २०७९

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा बिरामीले उपचार नपाएपछि अहिले जनप्रतिनिधि र चिकित्सकबीच सवालजवाफ चलेको छ ।
चौकीमा कार्यरत डा. सुरेश अधिकारी स्वास्थ्य चौकी नआउँदा वडा ८ काअध्यक्ष राम गुरुङले सामाजिक सञ्जाल फेसबुकमा डाक्टर कहाँ छन् ? भन्दै पोस्टिएपछि विषय सार्वजनिक भएको हो । केही दिन अगाडी वडाध्यक्ष गुरुङले फेसबुक डा. सुरेश अधिकारीको नम्बर राख्दै उनको खोजी गरेका हुन् ।
सामाजिक सञ्जालमा वडाध्यक्ष राम गुरुङले डा. अधिकारीको खोजी गरेपछि डा. अधिकारीले पनि सामाजिक सञ्जालमा नै प्रतिक्रिया दिएका छन् ।
‘भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरउन्नती गर्न लागि परेका छौं, स्वास्थ्य कार्यालय प्रमुख डा. अधिकारीलाई नदेखेको महिनौ भयो, वडाध्यक्ष गुरुङले लेखेका छन, ‘ डा. आएको नआएको कसैले मतलब गरेका छैनौं अब सबै जागरुक हुन आवश्यक छ, डा. अधिकारीलाई ९८५१२१५१२३ यो नम्बरमा खबर गरौै, आफ्नो ढङ्गले सम्झाउ ।’
वडाध्यक्ष गुरुङले सोधेको सवालको जवाफ डाक्टर केसीले सञ्जालमार्फत नै दिएको छन् ।
डा. अधिकारीले भेडाबारी स्वास्थ्य चौकीमा आफु आउँदा मानसिक रोगी बाहेक अन्य बिरामी सेवाबाट बञ्चित हुने प्रतिक्रिया दिएका छन् ।
‘म मानसिक रोग विशेषज्ञ हुँ, नेपाल मेडिकल काउन्सिलमा सोही अनुरुप दर्ता छु, प्राथमिक स्वास्थ्य चौकीमा अधिकांश बिरामी बच्चा, गर्भवती, सुगर प्रेसर, आदिका बिरामी आउँछन्’ उनले लेखेका छन्, ‘त्यहाँ आएर मानसिक बाहेक अरु बिरामी सेवाबाट बञ्चित हुन्छन् जनु प्राथमिक सेवा सिद्धान्तको बर्खिलाप हो ।’
वडाध्यक्ष गुरुङले डा. अधिकारीले सामाजिक सञ्जालमा खोजी गरेपछि एमबिबिएस डाक्टर राख्न सुझाव दिदै आफुलाई सुरुवा हुने सहमति दिन आग्रह गरेका छन् ।
‘गाउँपालिकाले करारमा एमबिबिएस डाक्टर राखोस, मलाई अन्यत्र सरुवा हुने सहमति देओस् जसले सबै समस्या हल हुन्छ, उनले भनेका छन्, ‘म त्यहाँ आएर समस्या समाधान हुँदैन बरु एमबिबिएस आउने बाटो हुन्छ ।’
माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य संयोजक डिल्लीराम दाहालले स्वास्थ्य चौकीमा नेपाल सरकारले उहाँको दरबन्दी पठाएको हो करारमा कर्मचारी राख्ने स्रोत नभएको सुनगाभा न्यूजलाई बताए ।
‘नेपाल सरकारको कर्मचारी संमायोजक अनुसार उहाँको दरबन्दी भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा भएको छ, दाहालले भने, ‘अहिले उहाँले आफुले एमडी पास गरेको भन्दै यहाँबाट सरुवा गर्न माग गर्नुभएको छ, करारमा राख्ने स्रोत हामीसँग छैन्, असोजदेखि कार्यालयमा उपस्थित नभएकाले तलब रोकेका छौं, सम्पर्कमा आउनुभएको छैन् । ’
यस विषयमा प्रतिक्रिया लिन डा. सुरेश अधिकारीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन ।
भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा ११ जनाको दरबन्दी रहेको छ । हेल्थ असिस्टेन्ट १ जना, अहेव ३ जना, स्टाफ नर्स १ जना, अनमी १ जना, ल्याव असिस्टेन्ट १ जना र बाँकी कार्यालय सहयोगीको दरबन्दी रहेको स्वास्थ्य संयोजक दाहालले जानकारी दिए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो । चौ...
नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ। प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जना...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सरेको छ । यही महिना हुनुपर्ने महाधिवेशन १० महिना पछि फागुनमा पुगेको हो । बिहीबार बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठ...