गोरखा जादै प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | पुस २७, २०७९

गोरखाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जानुहुने भएको छ । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लाग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लाग्नुभएको हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ । यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा जादै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो ।
सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ । उहाँले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । करिब २२ लाख रुपियाँको लगानीमा निर्माण गरिएको मनोग्राममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ । सो मनोग्राममा अब हरेक साँझ–बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...