२३ वर्षअघि राजेशको हत्यामा संलग्न गिरी चितवनबाट पक्राउ

२३ वर्षसम्म कहाँ लुकेका थिए गिरी ?

पाेखरा | पुस २४, २०७९

२३ वर्षअघि राजेशको हत्यामा संलग्न गिरी चितवनबाट पक्राउ तस्बिर सौजन्य: कास्की प्रहरी

कास्की:  २३ वर्ष अघि पोखरा महानगरपालिका -३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई सामुहिक हत्या गरि फरार रहेका उमेश बहादुर गिरी चितवनबाट पक्राउ परेका छन् ।

 

पोखरा महानगरपालिका ३ नदिपुर घर भई हाल भरतपुर महानगरपालिका -१२ चितवनमा बस्ने ४६ वर्षिय गिरी हिजो (शनिबार) करिब साढे ४ बजे भरतपुर -१२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलबाट पक्राउ परेका हुन् ।

 

गिरीलाई कास्की जिल्ला अदालतले गतेको २०६६ फागुन २७ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

 

कास्की प्रहरीका अनुसार गिरी लगायतको टोलीले २०५६ साल साउन २२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) प्रयोग गरेर हत्या गरेका थिए ।

त्यसपश्चात अन्य व्यक्तहरु पक्राउ परेपनि गिरी अहिलेसम्म फरार थिए । 

 

थकालीको हत्या गर्ने को को थिए ?

 

राजेश थकालीको हत्या गर्नेमा पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी रहेको कास्की प्रहरीले बताएको छ । 

 

कास्की प्रहरीका अनुसार सो समुहले धारिलो हतियार छुरा, खुकुरी र छड ९फलामको रड० प्रयोग गरि थकालीको टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि हत्या गरेका थिए ।

 

त्यसपछि घटना अनुसन्धानको क्रममा तत्काल उमेश गिरी बाहेक अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धान गरिएको थियो । 

 

कास्की जिल्ला अदालतले मिति २०५८ साल चैत १ गते पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यस्तै पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद फैसला गरेको थियो । र हिजो मात्रै पक्राउ परेका उमेश गिरीलाईसमेत सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

 

२३ वर्षसम्म कहाँ लुकेका थिए गिरी ?

 

सो घटनापछि आफुलाई प्रहरीले खोजी गरेको थाहापाएपछि गिरी काठमाडौं पुगे ।  त्यहीबाट उनी कतार पुगेर १० वर्ष बिताए ।  त्यसपछि इराक गए र ३ बर्ष बिताए । त्यसपछि इराकबाट २ वर्षका लागि अफगानिस्थान भागे । अफगानिस्थानपछि गिरी नेपाल फर्किएका थिए । 

 

फरार सूचीमा रहेका गिरीको खोजिकार्य जारी थियो । सोही क्रममा गिरीले विगत करिब ७÷८ वर्षअघिदेखि चितवनमा आएर कहिले वर्कसप त कहिले वाइन सप पसल खोलेको खुल्न आएको प्रहरीले बताएको छ । 

 

त्यसपछि उनी भारत जाने आउने गर्दथे हाल डेढ महिना अघिमात्रै नेपाल आएको थाहापाएपछि उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो ९शनिबार० करिब दिनको साढे ४ बजे चितवन भरतपुर महानगरपालिका वडा नं। १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलस्थित सिमा अधिकारीको घरबाट पक्राउ गरेको थियो ।

 

पक्राउ परेको गिरीलाई  आज ९आइतबार० कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेश बमोजिमको ठेकिएको सर्वस्वसहित जन्म कैद ९२५ वर्ष० भुक्तानको लागि कास्की कारागार  पठाएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्