सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडाैं | पुस २३, २०७९

सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ:  यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुन सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजा १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो ।


यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बुधबार अनुसार  दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुरकुहिरो मध्याह्नसम्ममा ...

थप पढ्नुहोस्

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...

थप पढ्नुहोस्