नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्वि
काठमाडाैं | पुस २१, २०७९
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल एक रु करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर रु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर रु ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एशिया बैंक रु ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बीमा कम्पनी रु १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलब शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ८८, नारायणी डेभलपमेन्ट बैंक दुई दशमलब ८२, नेपाल एसबिआई बैंकको ऋणपत्र दुई दशमलब ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलब ४६ प्रतिशतले गुमाएका छन् ।।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

