फरार बलात्कार आरोपि पक्राउ
पाेखरा | पुस २१, २०७९

वालिङ: वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका बलात्कारका आरोपि एकलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए ।
क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो ।
जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो ।
काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छान...
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउ...
काठमाडौं: सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा.केशव श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य ...