पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानको चेतावनी
पाेखरा | पुस २१, २०७९
पोखरा: इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो ।
प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ ।
यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् । सोही कारण पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

