गण्डकी प्रदेशमा ३ सभासद्ले लिए मातृभाषामा सपथ
पाेखरा | पुस १४, २०७९

पाेखरा: गण्डकी प्रदेशसभामा आज आयोजित सपथ ग्रहण समारोहमा ३ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् ।
मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् ।
उल्लेखित ३ सहित ५६ जनालाई प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
प्रदेशमा कूल ६० सभासद् रहेका छन् । जेष्ठ सदस्य बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिएका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...