अब गण्डकीमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामाः नेता पाण्डे

पाेखरा | पुस १३, २०७९

अब गण्डकीमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामाः नेता पाण्डे

पोखराः   गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेता चुनिएपछि सांसद सुरेन्द्र पाण्डेले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । 


दलको नेतामा विजयी भएपछि सुनगाभा न्यूजसँग प्रतिक्रिया दिँदै नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिकुल भएपछि कांग्रेस प्रतिपक्षको भूमिका निभाउन तयार रहेको टिप्पणी गरे । 
उनले सरकारले अब ल्याउने नीति कार्यक्रमबाट प्रतिपक्षलाई गर्ने व्यवहारबाट प्रतिपक्षको भूमिका निभाउने बताए । 


‘सरकारले अब ल्याउने नीति कार्यक्रमले संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघियताको रक्षा र कार्यान्वयन, गण्डकी प्रदेशको विकास निर्माण, आर्थिक समृद्धिका लागि कस्तो खालको नीति ल्याउँछ र प्रतिपक्षसँग कस्तो खालको सहकार्य गर्छ, त्यसलाई हेरेर गुण र दोषको आधारमा समर्थन र प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेता पाण्डेले भने । 


नेता पाण्डेले गण्डकी प्रदेशमा कसैसँग पनि स्पष्ट बहुमत नभएकाले यसको सरकार बन्छ भनेर भन्न नसक्ने प्रतिक्रिया दिए । 


‘गण्डकी प्रदेशमा कांग्रेस पहिलो दल हो, कांग्रेसँग माओवादी र एमाले मिल्दा सजिलै सरकार बन्न सक्छ, उनले भने, ‘एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद तथा एकिकृत समाजवादी पार्टी प्रवेश सांसद मिल्न सके मात्र स्पष्ट बहुमतसहित सरकार बन्न सक्छ त्यसैले कसको सरकार बन्छ भनेर भन्न सकिदैन ।’


गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको छ । 

 

यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्