शिशु जन्माएर आमा फरार
काठमाडाैं | पुस १२, २०७९
सर्लाही: सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् ।
अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डाक्टर नवलकिशोर झाले बताउनुभएको छ ।
शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो । अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।
जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो ।
अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

