हुम्लामा अझै काठेपुलबाटै खोला तर्नुपर्ने बाध्यता
हुम्ला | पुस ११, २०७९
फाइल तस्बिर
हुम्ला: हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेको कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो ।
नाम्खा गाउँपालिका–६ को हिमाल पारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा अहिले पनि स्थानीय र चौपाया २५ वटा काठेपुलबाट तर्दै आएको बताउनुभयो । लिमीका ती पुलहरु केही स्थानीयले जनश्रमदानबाट निर्माण गर्नुभएको हो भने केही वडाको बजेटबाट निर्माण गरिएका हुन् । उहाँले लिमीमा मानिस र चौपाया हिँड्न काठेपुल नभई गाडी गुडाउन पनि काठे पुल नै निर्माण गरिएको बताउनुभयो । उहाँले मानिस, चौपाया र यातायातका साधन काठे पुलमा ओहोरदोहोर गर्दा जोखिम भने बढी हुने गरेको बताउँदै बर्सेनि काठेपुल तर्दा चौपाया खस्ने समस्या भोग्नु स्थानीयका लागि सामान्य भएको बताउनुभयो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा आफ्नो गाउँपालिकाका काठेपुल स्थानीयले तर्दै आएको बताउनुभयो । उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट सो पुल निर्माण हुन नसकेको पछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरी तर्नु परिरहेको बताउनुभयो । उहाँले अति आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताउनुभयो ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुल प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएको बताउनुभयो । काठेपुल तर्नु पर्दाका जोखिमका बारेमा बताउँदै उहाँले दुई वर्ष अगाडी चुवा खोला क्षेत्रमा एक जना मानिस काठे पुलबाट खसेर मृत्यु भएको बताउनुभयो । चौपाया बोकाएका सामानहरू खस्नु त सामान्य जस्तै भएको बताउँदै उहाँले धेरै मानिस तथा चौपायाको आउजाउ हुने खोलामा झोलुङ्गे पुल निर्माण गर्नु अति आवश्यक भए पनि हालसम्म निर्माण हुन नसकेको कारण स्थानीयले क्षति बेहोर्दै आएको बताउनुभयो ।
यता खार्पुनाथ गाउँपालिकामा यस्ता काठेपुलको सङ्ख्या सत्र, सर्केगार्ड गाउँपालिका २३, चङ्खेली गाउँपालिकामा १९, अदानचसली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोलाहरू र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो । उहाँले बर्सेनि काठेपुल तर्दा मानवीय र चौपायाको क्षति हुने घटनाहरू भइरहने भएको कारण गाउँपालिका अति महत्त्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

