संसदीय दलको नेतामा खगराज सर्वसम्मत, मुख्यमन्त्रीको सम्भावना
पाेखरा | पुस १०, २०७९
पाेखरा: नेकपा एमालेबाट गण्डकी प्रदेशसभामा खगराज अधिकारी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले जानकारी दिए ।
ससदीय दलको नेता भएसँगै अधिकारी मुख्यमन्त्री हुने निश्चित भएको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले बताए । ‘सिनारियो क्लियर छ, उनले भने, ‘बालकोटमा आज भएको सहमति अनुसार गण्डकीमा हाम्रो सिट पुग्छ । कमरेड अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ ।’
संसदीय दलको नेताले मुख्यमन्त्रीमा दाबी गर्ने प्रावधान रहन्छ । केही क्षण अघिसम्म शक्तिशाली देखिएको सत्ता गठबन्धन एकाएक टुटेपछि नेपाली कांग्रेस कमजोर हुँदा अब अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाकाे मत पनि जाेडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

