दूधको कमाल: सहरबाट गाउँ भित्रिन्छ दैनिक ६ करोड रुपैयाँ
पाेखरा | पुस १०, २०७९

पोखराः नेपाल डेरी एसोसिएशनले देशभर दैनिक दूध बिक्रीबाट ६ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह गरेको बताएको छ । पोखरामा बसेको नेपाल डेरी एसोसिएनशनको दोश्रो केन्द्रीय समितिका बैठकले सहरबाट गाउँमा दैनिक दुध बिक्रीबाट ६ करोड रुपैयाँ प्रवाह गरेको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।
अध्यक्ष दाहालका अनुसार बजारमा आउने दूध फर्मल सेक्टरमा लेभलिङ भएर १७ प्रतिशत र खुल्ला ३३ प्रतिशत दूध बजार आउने जानकारी दिए ।
‘नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ, ३१ लाख लिटर बजारमा आउँछ बाँकी ३१ लाख दुध उत्पादनकर्ताले प्रयोग गर्छन्, अध्यक्ष दाहालले भने, ‘डेरी सेक्टरबाट वार्षिक १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुन्छ भने दैनिक ६ करोड बढी रकम सहरबाट गाउँ प्रवाह हुन्छ ।’
कुल गाहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको अध्यक्ष दाहालको भनाई छ । ‘रोजगारीको हकमा किसान तहमा ६ लाख कृषक परिवार आवद्ध छन्, उनले भने, ‘उद्योगस्तरमा करिब ४० हजार बढीले रोजगारी पाएका छन् । कुल उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।’
नेपाल डेरी एसोसिएनशनका अनुसार २०५५ सालमा स्थापना भएको संस्थामा देशभरका ३ सय बढी उद्योग आबद्ध रहेका छन् ।
गण्डकीमा भित्रन्छ दैनिक ४० हजार लिटर
नेपाल डेरी एसोसिएशनले गण्डकी प्रदेशमा दैनिक ४० हजार लिटर दूध आयात भएको बताएको छ ।
नेपाल डेरी एसोसिएशनको दोश्रो बैठकले गण्डकी प्रदेशमा दैनिक ४ लाख लिटर दूध उत्पादन भएपनि अन्य प्रदेशबाट देनिक ४० हजार दूध आयात हुने डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनालले बताए ।
‘गण्डकी प्रदेशमा कच्चा दूध उत्पादन दैनिक ४ लाख उत्पादन हुुन्छ, गण्डकीमा दैनिक ४० हजार आयात हुँदा २० हजार निर्यात हुन्छ, महासचिव खनालले भने, ‘गण्डकीमा उत्पादनमा हुने दूध औपचारिक रुपमा डेरीमा ६५ हजार र अनौपचारिक रुपमा खुल्ला रुपमा ७० हजार दूध खपत हुदैं आएको छ ।’
गण्डकी प्रदेशमा डेरी एसोसिएशनमा ( अनुज्ञा पत्र प्राप्त ) गरेका १९ वटा, घरेलु डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त नभएका ) ६५ वटा, साना डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त) १२ वटा, मझौला डेरी उद्योगहरु ( अनुज्ञा प्राप्त) ५ वटा र ठुला डेरी उद्योगहरु ( अनुज्ञा पत्र प्राप्त ) ४ वटा र ५ सय वटा डेरी पसल रहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।
नेपाल डेरी एसोसिएशनले उद्योग तह तर्फ १ हजार जना, डेरी पसल,फर्म, सहकारीमा १ हजार ५ सय, उत्पादन क्षेत्रमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ ।
किसानको घरसँगै सम्पूर्ण दूग्ध क्षेत्रमा ५० हजारलाई अप्रत्यक्षरुपमा जागिर दिएको र सहरबाट करिव २ करोड रुपैयाँ प्रवाह भइरहेको एसोसिएशनले जनाएको छ । गण्डकी प्रदेशमा दूध उत्पादन निर्भरको अवस्थामा करिव ३० प्रतिशत दूध अपुग भइरहेको नेपाल डेरी एसोसिएशनका महासचिव खनाले बताए ।
नेपाल डेरी एसोसिएशनले पोखरामा दोश्रो बैठक बस्दै दूधको मूल्य बढाउनुपर्ने, धुलो दूधको मूल्य निर्धारण गर्नुपर्ने र बैंकको ब्याज कम गर्न माग गरेको छ ।
उदयपुर: आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणप...
ढोरपाटन: बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्...
गोरखा: भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गो...