दूधको कमाल: सहरबाट गाउँ भित्रिन्छ दैनिक ६ करोड रुपैयाँ
पाेखरा | पुस १०, २०७९
पोखराः नेपाल डेरी एसोसिएशनले देशभर दैनिक दूध बिक्रीबाट ६ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह गरेको बताएको छ । पोखरामा बसेको नेपाल डेरी एसोसिएनशनको दोश्रो केन्द्रीय समितिका बैठकले सहरबाट गाउँमा दैनिक दुध बिक्रीबाट ६ करोड रुपैयाँ प्रवाह गरेको अध्यक्ष प्रल्हाद दाहालले बताएका छन् ।
अध्यक्ष दाहालका अनुसार बजारमा आउने दूध फर्मल सेक्टरमा लेभलिङ भएर १७ प्रतिशत र खुल्ला ३३ प्रतिशत दूध बजार आउने जानकारी दिए ।
‘नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ, ३१ लाख लिटर बजारमा आउँछ बाँकी ३१ लाख दुध उत्पादनकर्ताले प्रयोग गर्छन्, अध्यक्ष दाहालले भने, ‘डेरी सेक्टरबाट वार्षिक १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुन्छ भने दैनिक ६ करोड बढी रकम सहरबाट गाउँ प्रवाह हुन्छ ।’
कुल गाहस्र्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको अध्यक्ष दाहालको भनाई छ । ‘रोजगारीको हकमा किसान तहमा ६ लाख कृषक परिवार आवद्ध छन्, उनले भने, ‘उद्योगस्तरमा करिब ४० हजार बढीले रोजगारी पाएका छन् । कुल उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान छ ।’
नेपाल डेरी एसोसिएनशनका अनुसार २०५५ सालमा स्थापना भएको संस्थामा देशभरका ३ सय बढी उद्योग आबद्ध रहेका छन् ।
गण्डकीमा भित्रन्छ दैनिक ४० हजार लिटर
नेपाल डेरी एसोसिएशनले गण्डकी प्रदेशमा दैनिक ४० हजार लिटर दूध आयात भएको बताएको छ ।
नेपाल डेरी एसोसिएशनको दोश्रो बैठकले गण्डकी प्रदेशमा दैनिक ४ लाख लिटर दूध उत्पादन भएपनि अन्य प्रदेशबाट देनिक ४० हजार दूध आयात हुने डेरी एसोसिएशनका महासचिव हेमचन्द्र खनालले बताए ।
‘गण्डकी प्रदेशमा कच्चा दूध उत्पादन दैनिक ४ लाख उत्पादन हुुन्छ, गण्डकीमा दैनिक ४० हजार आयात हुँदा २० हजार निर्यात हुन्छ, महासचिव खनालले भने, ‘गण्डकीमा उत्पादनमा हुने दूध औपचारिक रुपमा डेरीमा ६५ हजार र अनौपचारिक रुपमा खुल्ला रुपमा ७० हजार दूध खपत हुदैं आएको छ ।’
गण्डकी प्रदेशमा डेरी एसोसिएशनमा ( अनुज्ञा पत्र प्राप्त ) गरेका १९ वटा, घरेलु डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त नभएका ) ६५ वटा, साना डेरी उद्योग (अनुज्ञा पत्र प्राप्त) १२ वटा, मझौला डेरी उद्योगहरु ( अनुज्ञा प्राप्त) ५ वटा र ठुला डेरी उद्योगहरु ( अनुज्ञा पत्र प्राप्त ) ४ वटा र ५ सय वटा डेरी पसल रहेको नेपाल डेरी एसोसिएशनले जनाएको छ ।
नेपाल डेरी एसोसिएशनले उद्योग तह तर्फ १ हजार जना, डेरी पसल,फर्म, सहकारीमा १ हजार ५ सय, उत्पादन क्षेत्रमा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गरेको छ ।
किसानको घरसँगै सम्पूर्ण दूग्ध क्षेत्रमा ५० हजारलाई अप्रत्यक्षरुपमा जागिर दिएको र सहरबाट करिव २ करोड रुपैयाँ प्रवाह भइरहेको एसोसिएशनले जनाएको छ । गण्डकी प्रदेशमा दूध उत्पादन निर्भरको अवस्थामा करिव ३० प्रतिशत दूध अपुग भइरहेको नेपाल डेरी एसोसिएशनका महासचिव खनाले बताए ।
नेपाल डेरी एसोसिएशनले पोखरामा दोश्रो बैठक बस्दै दूधको मूल्य बढाउनुपर्ने, धुलो दूधको मूल्य निर्धारण गर्नुपर्ने र बैंकको ब्याज कम गर्न माग गरेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

