नेपाल टी–२० क्रिकेट: काठमाडौंसँग पोखरा २६ रनले पराजित

काठमाडाैं | पुस ९, २०७९

नेपाल टी–२० क्रिकेट: काठमाडौंसँग पोखरा २६ रनले  पराजित

काठमाडौं:  काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो ।


काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो ।  खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो ।


सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो ।  कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो । 


प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।


प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । 


लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्