चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा

पाेखरा | पुस ९, २०७९

चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा

पोखरा:   भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् । सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ ।


‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका पहिरनको उत्पादन गर्दछ, जुन उत्पादनले नेपाली ग्राहकको मन पनि जित्दै आएको छ’–नेहा थापाले भनिन् । विगत लामो समयदेखि नेपालमा यसको फ्रेन्चाइज खोल्नका लागि कम्पनी समक्ष अनुरोध गर्दै आएपनि हालै आएर मात्र कम्पनीले आफुलाई यसको फ्रेन्चाइज अधिकार दिएको उनले बताइन् । झण्डै डेढ करोडको लगानीमा यसको शुरुवात गरिएको उनका श्रीमान कञ्चनबहादुर भट्टराइले जनाए ।


पोखरामा बुटिक आइटमको माग बढ्दै गएको अवस्थामा यो प्रोडक्ट पोखरेलीहरुको रोजाइमा पर्ने उनको विश्वास छ । विवाह,पार्टी अथवा कुनै समारोहमा जानका लागि महिनौं अघिदेखि बुटिक धाउन नपर्ने र कमै खर्चमा चाहे जस्ता विभिन्न डिजाईनका पहिरनहरु सहजै उपलब्ध हुने उनले बताइन् । अनलाइनमार्फत पनि यसको खरिद बिक्री हुने थापाले जानकारी दिइन् ।


थाइल्याण्डको ए.आइ.टी.स्कुल अफ म्यानेज्मेण्टबाट एमबीए गरेकी थापालाई यसको फ्रेन्चाइज दिन पाउँदा खुसि लागेको कम्पनीका फाउण्डर सिवानी पोदारले बताइन् । हामीले नेपालमा पनि यसको शाखा विस्तार गर्न चाहान्थ्यांै, धेरैले हामीसंग प्रस्तावन पनि गरे, तर हामीले सक्षम सम्झिएर थापालाई यसको अधिकार दियौं’–सिवानीले भनिन् । देशका विभिन्न शहरहरुमा यसको शाखा विस्तार गरिने नेहाले बताइन् । ‘छिट्टनै काठमाण्डौमा अर्को शाखा विस्तार गर्नेछौं, पाँच वर्ष भित्र देशका अन्य ठूला तीन शहरहरुमा शाखा खोल्नेछौं’–थापाले भनिन् ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्