भारतमा कोरोना सङ्क्रमण बढ्दै
काठमाडाैं | पुस ८, २०७९

काठमाडौं: केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । चीनमा कोभिड–१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्। यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् ।
भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार बिहीबार भारतमा १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्।
कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...