प्रचण्डलाई भेटेलगत्तै प्रकाशमान सिंह बालुवाटारमा
काठमाडाैं | पुस ८, २०७९

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै कांग्रेस नेता प्रकाशमान सिंह बालुवाटार पुगेका छन् ।
आज बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । सो क्रममा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।
कांग्रेसले पनि राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गर्दै आएका छन् ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...