प्रचण्डलाई भेटेलगत्तै प्रकाशमान सिंह बालुवाटारमा
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै कांग्रेस नेता प्रकाशमान सिंह बालुवाटार पुगेका छन् ।
आज बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । सो क्रममा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।
कांग्रेसले पनि राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गर्दै आएका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

