रहीनन् राष्ट्रिय सौन्दर्यकर्मीका केन्द्रीय अध्यक्ष पवी गुरुङ
पाेखरा | पुस ६, २०७९
पोखराः राष्ट्रिय सोन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष पवी गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित गुरुङको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको निधनपश्चात सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण भइरहेको छ ।
सौन्दर्यकर्मी तथा गण्डकी प्रदेशका निवर्तमान सांसद तथा मीना गुरुङले शालिन तथा कुशल नेतृको निधनले मर्माहत भएको सुनाइन् । ‘पोखराले जन्माएको एक सोन्दर्यकर्मी पवी गुरुङ हामी माझ रहनुभएन, गुरुङले भनिन्, ‘मृगौलामा पट्ठरी परेको छ भन्ने जानकारी पाएका थियौं, उपचार गर्न सुझाव दिएको पनि हो, फिस्टेलमा चेकजाँच गरेपछि भरतपुर जान सल्लाह दिएको पायौं, यहाँ आएर मैले केही दिन अगाडी भेटेपनि, निकै असल र कुशल हुनुहन्थ्यो । अहिले उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं ।’
पोखरा स्थायी घर भएका स्वर्गीय गुरुङ राष्ट्रिय सोन्दर्यकर्मीको नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

