जनप्रिय क्याम्पसको सञ्चालक समिति अध्यक्षमा विजुक्छे

पाेखरा | पुस ६, २०७९

जनप्रिय क्याम्पसको सञ्चालक समिति अध्यक्षमा विजुक्छे

पोखरा:   पोखरा जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । बिजुक्छेले २ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । बिजुक्छेले प्रतिस्पर्धी सोमनाथ बराललाई १ सय २५ मतले हराएका हुन् । बरालले १ सय ४४ मत ल्याए । निर्वाचन मंडलका अनुसार ४ सय १३ मत खसेकोमा १४ मत बदर भएको हो ।


अध्यक्ष विजुक्छे सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सदस्यमा अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, गणेशबहादुर अधिकारी, धुव्रराज चालिसे, नम्रता बराल, युवराज पराजुली, रंगिला पौडेल आचार्य, राजेन्द्र पहारी, विजयराज आचार्य र शोभामोहन पौडेल चयन भएका हुन् ।         

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ।  मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...

थप पढ्नुहोस्