गण्डकी प्रदेशस्तरिय पुरुष भलिबलः स्याङजा र गोरखा खेल्दै
पाेखरा | पुस ६, २०७९

पोखराः गण्डकी प्रदेश भलिबल संघको आयोजनामा हुने ‘प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिता’को पहिलो खेल स्याङजाले र गोरखाको सामना गर्ने भएको छ ।
आज (बुधबार)बाट पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको चार खेल सञ्चालन हुनेछ ।
लिगकम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो दिन चार खेल तय भएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । बिहान १० बजे पहिलो खेल स्याङजाले गोरखाको सामना गर्नेछ भने मध्यान्ह १२ बजे सुरु हुने अर्को एक खेलमा कास्कीले तनहुँ संग भेट पक्का गरेको छ । वेष्ट अफ फाइभको आधारमा खेलाइने खेलको उद्घाटन खेल बागलुङ र पर्वतबीच दिउसो २ बजे सुरु हुने छ भने अन्तिम खेल ४ बजे म्याग्दी र लमजुङले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...