पोखरा महानगर लेखा समितिले भन्यो,“बेरुजु अत्याधिक बढयो, फछ्यौटको ब्यवस्था मिलाउ”
पाेखरा | पुस ५, २०७९
पोखरा: पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फछ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ ।
महानगर लेखा समितिको नवौं बैठकले बेरुजुलाई सुशासनको करात्मक सुचकको रुपमा समेत लिइने हुदाँ महानगरपालिकाको बेरुजु अध्याधिक बढदै गइरहेकोले र फछ्यौटको गति सुस्त रहेकोले आगामी दिनमा सुन्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फछ्यौटको ब्यवस्था मिलाई प्रगती विरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई निर्देशन दिएको छ ।
बैठकले संघीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको ता कामको प्रयोजन समेत नखुलेको दुबै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा बस्तुनिष्ठ र मितब्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न समितिले निर्देशन दिएको छ । समितिले महानगरका कर्मचारीहरुलाई आवास सम्वन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था विनानै घरभाडाका लागि ठूलो रकम खर्च हुने गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौ बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी, जस्ता पदमा बाहेक अन्य पदहरुमा कर्मचारी राख्न नपाउने ब्यवस्था भएपनि अन्य पदहरुमा समेत करारमा कर्मचारी भर्ना गरिरहेको अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसंग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको छ । यस्तै बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुदाँहुदैँ महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भएपनि महानगरको आफनै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाँै रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले जानकारी दिनुभयो ।
कार्यपालिका बैठक,तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुदाँहुदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफुले तिरेको राजश्व रकम दुरुपयोगको बढदो टिप्पणी एवं चिन्ता ब्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभुति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ ।
त्यस्तै लेखा समितिले भाटभटेनी, पानी पधेरो, मणिपाल लगायतका नीजि हस्पिटलहरु, सेल्वेज, टे«ड महल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र नीजि विद्यालय मदरल्याण्ड, कुमुदिनी होम्स, सेन्ट मेरीज जस्ता , बोडिङ समेतका ठूला करदाताहरुको कर सम्वन्धि लगत राख्ने, व्यवसाय दर्ता, बक्यौताको विवरण तयार गरी िअसली गर्न निर्देशन दिएको लेखा समिति सभापति रानाभाटले बताए । समितिले कर बढाउन करदाता शिक्षा, कर संकलन र ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न समेत निर्देशन दिएको लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिए ।
लेखा समितिले मंगलबार महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र आर्थिक विकास महाशाखा मनहर कडरियालाई कार्यालयमा बोलाई शैक्षिक क्षेत्र र कृषिका बारेमा जानकारी लिएको छ । लेखा समिति सभापति झपट रानाभाट,सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा रहेको ब्यथितिलाई सुधारका लागि कार्ययोजना बनाएर ल्याउन विशेष निर्देशन दिएको सदस्यसचिव रोमनाथ उपाध्यायले बताए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

