‘मेमोरी किङ’ शर्मालाई देउवाद्वारा बालुवाटारमा बधाई
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्।
शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए।
‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने।
अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याइरहेका छन्।
शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

