धनगढीमा नेपथ्यको छैटौँ कन्सर्ट
धनगढी | पुस ४, २०७९
धनगढी: ‘मानवताका लागि सङ्गीत’ नारासहित देश भ्रमणमा रहेको नेपथ्यले आइतबार धनगढीमा छैटौँ कन्सर्ट गरेको छ । ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा कन्सर्ट गरेको हो ।
द्वन्द्वकालमा बाहिरका मानिस आउन सङ्कोच मान्दा पनि बारम्बार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो ।
सुरुमा दुई वटा म्युजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्यो । दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’ । यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्यान्डले सर्वकालिक हिट गीत प्रस्तुत गर्दा धनगढीले व्यापक स्वागत गरेको थियो ।
त्यसपछि श्रोता दर्शकहरूलाई स्वागत गर्दै गायक अमृत गुरुङले ‘लाम्पाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’
यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्कै लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कन्सर्टको अन्त्य नेपथ्यले ‘गाउँ गाउँबाट उठ’ गीतबाट गरेको थियो । कन्सर्टमा गायक गुरुङलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

