आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ ।
चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् ।
महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, कोषाध्यक्षमा विपना भुजेल, सहकोषाध्यक्षमा सविता धिमाल सर्वसम्मत चुनिएका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

