पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक
पाेखरा | पुस ३, २०७९
पोखरा: पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक लगाएको छ ।
पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् ।
जनवरी १ बाट जसरी पनि अन्तराष्टिय विमानस्थल संचालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो ।
हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्याण्ड फिल्ड साइड छोप्न सुरु गरिएको छ ।

दिघएकालीन समयको लागि सम्भावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दिर्घकालीन रुपमा ल्याण्ड फिल्ड साइडको खोजी गर्ने छ ।
सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पहरूमा अध्ययन गर्ने छ ।
विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ ।
महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरण सहित सहयोगका लागि आम नगरवासी सहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

