हेम्जा जीप दुर्घटनामा तनहुँकी बसन्तीको मृत्यु, चालक फरार
कास्की | पुस १, २०७९
PHOTO: SUJAN AACHARYA
कास्की: पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २० बजे हेम्जामा दुर्घटनामा हुँदा तनहुँको व्यास नगरपालिका ५ बाह्रबिसे घर भई पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठक्कर दिएको थियो । ठक्करपछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको इन्सपेक्टर खड्काले बताए ।
उनले सो दुर्घटनामा परि म्याग्दीको मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचाैर बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएको जानकारी दिए । ‘दुर्घटनबाट एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना घाइते हुनुहुन्छ । उहाँको अवस्था मध्ययम छ, इन्सपेक्टर खड्काले भने, ‘अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’
दुर्घटनापछि चालक फरार रहेको बताउदै खोजी कार्य तिब्र पारेको उनले बताए । ‘तीन जना रहेको सो गाडाीको चालक फरार छन्, उनको खोजीकार्य तिब्र पारेका छौ ।’ खड्काले भने ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो जीप पर्वतबाट सुन्तला खरिद गरेर आज बिहान पोखरा फर्किएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

