कोटेसाङ महभीरमा जमेको पौडेल र पुन जोडी
पाेखरा | पुस १, २०७९
पोखराः घडीले दिउँसोको १ बजायो । मोदी खोला किनारमा दुई जना पाका मान्छेहरु पुजा गर्दै छन् । त्यतिकैमा हनि हन्टिङमा आएका भिरौटे, स्थानीय र आन्तरिक तथा बाह्य पर्यटकहरु आइपुग्छन् र टिका तथा आशिर्वाद ग्रहण गर्छन् । त्यसपछि यात्रा सुरु हुन्छ, कोटेसाङ महभिरको ।
हनी हन्टिङपूर्व पूजा गर्दा कुनै पनि अप्रिय घटना नहुने परम्परागत विश्वास रहिआएको छ । त्यसैले मह काढ्नेहरुले हन्टिङपूर्व पूजा गर्ने प्रचलन रहेको छ । पूजापछि भीरतर्फ हानिएका यी दुई आनन्द पौडेल र खड्क बहादुर पुन हुन् । उमेरले पौडेल ७७ वर्ष पुगे भने पुन तीन बिसे १ वर्षका भए ।
उमेरले पाका यी दुईको जोडी पनि पुरानै भइसक्यो । कोटेसाङ भीरमा मह काढ्न बनेको यो जोडीले ४ दशकदेखि भीरमा पैठाजोरी खेल्दै आएको छ । यो वर्षपनि उनीहरुको जोडी हनी हन्टिङका मुख्य पात्र हुन् । यी दुईको जोडीलाई सघाउन ७ जना भिरौटेहरु तैनाथ छन् । ‘हामी दुई जनाको जोडीले मह काढ्न थालेको धेरै भइसक्यो, पौडेलले भने, ‘हामीलाई सघाउन पछिपछि अन्य साथीहरु (भिरौटे) आउँछन् । त्यो मध्ये दुईजनाले सिकिसकेका छन् ।’
करिब १ सय मिटर अग्लो भीरमा भीरमौरीका घारहरु छन् । तल मोदी खोला आफ्नै लयमा बगिरहेको छ । सो भीरको मध्यभागमा करिब ३० घार भीर माहुरीका घारहरु छन् ।
स्थानीयका अनुसार विभिन्न समुहमा रहेका माहुरीलाई अलग–अलग नाम दिइएको छ । लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिका सचिव कमल गुरुङका अनुसार बोक्सी घार, नौच्यु घार, स्यापु घार, खत्री स्याल घार लगायतका नाम दिएको छ ।
मह काढ्न पहिले बोक्सी घारबाट सुरु गरिने सचिव गुरुङले बताए । ‘भीरमा करिब ३० वटा घारहरु छन् । बोक्सी घारलाई पहिलालाई नै काढ्नु पर्छ, गुरुङले भने, ‘बोक्सी घारलाई पहिला नै काढेन भने अरु घार काढ्दा शिकारी भिरौटेहरुलाई टोक्छ भन्ने मान्यता छ, त्यसैले मह भए/नभएपनि बोक्सी घार पहिला नै काढ्ने गरिन्छ ।’
मुखियापछि स्थानीयको स्वामित्वमा महभीर
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित कोटेसाङ महभीरमा पञ्चायतकाल अगाडीबाट नै मह काढ्ने अधिकार गाउँको मुखियाको अधीनमा भएको स्थानीयहरु बताउँछन् ।
शिकारी आनन्द पौडेका अनुसार ४० सालको दशकपछि मात्र स्थानीयको स्मामित्वमा आएको छ । ‘महको शिकार गर्न पञ्चायत कालदेखि नै गाउँको मुखियाको स्वामित्वमा थियो, मुखियाको आदेश अनुसार शिकार हुन्थ्यो, पौडेलले भने, ‘मुखियाको स्वामीत्वमा हुँदा मह काढे पनि खान मुखियाको आदेश पर्खन पथ्र्याे, शिकारमा आउँदा रासनपानी आफैले लिनुपथ्यो, मुखियाले केही पनि दिँदैनथे ।’
०४० पछि स्थानीयको स्वामित्वमा महभीर आएपछि महको आम्दानी गाउँले लिन थालेका छन् । अहिले महको मात्र होइन भीरमा शिकार गर्न जाने शिकारीलाई पर्यटकहरुले केही रकम दिने गरेका छन् । कोटेसाङ भीरमा १९ औं शताब्दीबाट धनराज गुरुङले मह काढ्न सुरु गरेदेखि मह काढ्न सुरु गरेको शिकारी पौडेलले बताए ।
अन्नदेखि मोहरसम्म महको मुल्य
लान्द्रुकस्थित कोटेसाङ महभीरमा वर्षको दुईपटक महको शिकार गरिने शिकारी खड्कबहादुर पुनले बताए ।
‘महको शिकार गर्ने समय वर्षको दुईपटक हो, वर्षको जेठ–असार र कात्तिक–मंसिर महको शिकारको याम हो, यो समयमा राम्रो मह हुन्छ ।’ पुनले भने ।
महको मुल्य स्थानीयको स्वामित्वमा आएपछि एक मोहर, दुईरुपैयाँसँगै मकै र धानसँग साटफेर भएको अनुभव पुनले सुनाए ।
स्थानीयको स्वामित्वमा आएपछि लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले अहिले १ लिटर महको मुल्य ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कृषि उत्पादन घटेसँगै महको उत्पादन घट्यो
महभीरको छेउमा रहेको खेत अहिले चौरमा परिणत भएको छ । धान झुल्ने र तोरी फुल्ने बारी तथा उत्पादन हुने भुमीहरुहरुमा उत्पादन नहुँदा महको उत्पादन घट्न थालेको शिकारी आनन्द पौडेललको भनाई छ ।
ठगाउँमा पछिल्लो समय उत्पादन घट्ने क्रममा बढ्दो छ, उत्पादन घटेपछि बस्तुको मुल्य बढीरहेको छ । त्यसैले महको मुल्यपनि १ मोहर दुई रुपैयापछि ३ हजारसम्म पुगेको छ ।’ मुस्काउँदै पौडेलले भने ।
उनले मह उत्पादन बढाउन कृषि उत्पादन बढाउन पर्ने पौडेलले बताए । उनका अनुसार अहिले प्रसस्त फूल नफुल्दा उत्पादन घटेको हो । त्यसैले गतवर्ष भन्दा कम घारको शिकार यो सिजनमा गरिएको छ ।
मह उत्पादन बढाउँन पैयु रुख रापिदै
लान्द्रुक हनि हन्टिङ फेस्टिबलका अध्यक्ष गिरधारी पौडेलले माहुरीको रोजाईमा पैयु पर्ने भएकाले उत्पादन बढाउन रोप्न सुरु गरिएको बताए ।
‘मंसिरपछि अन्य फूलहरु फुल्छन् तर कात्तिक मंसिरमा मह काढिने सिजनमा कमै फूलहरु फुल्छन्, पौडेलले भने, ‘त्यसैले यो सिजनलाई मध्यनजर गर्दै पैयुको बोट रोप्न सुरु गरेका हौं ।’
कोटेसाङ महभीरसँगै लान्द्रुक गाउँसम्म नै समितिले १ सय ९ वटा पैयुको बोटहरु गत आर्थिक वर्षमा रोपेको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षको बजेटले भीरको माथिल्लो भागमा पैयुको बोट रोप्ने योजना रहेको पौडेलले सुनाए । माहुरीको लागि पैयु फुल्दा माहुरीसँगै लान्द्रुक गाउँको सुन्दरता नै परिवर्तन हुने स्थानीयहरुको तर्क छ ।
मह शिकारः ‘वान मिस गेम फिनिस्’
कोटेसाङ महभीरमा महको शिकार गर्न सजिलो नभएको शिकारी खड्कबहादुर पुनले बताए ।
महको शिकार गरेबापत समितिले ज्याला दिने बताउदै पुनले भने ‘उमेरले ६१ पुगे, २० वर्षको उमेर देखि मह काढ्न सुरु गरेको हो । काम नगरे रोगी भइन्छ शरिर रोगी हुन्छ जति काम ग¥यो उती फुर्तिलो भइने मनले मान्दैन । अब नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै छौं । हामी पछिको पुस्ताले सिक्न जरुरी छ ।’
उनले सो काम जोखिमपूर्ण हुने बताउदै सबैको तालमेल मिल्नुपर्ने बताए । ‘चोयाको पराङ ( भ¥याङ) बिचमा ठेउलीको कापा शरीरमा चोयाको नै सेफ्टीबेल्ट सुरुसुरुमा गाह्र«ो त भयो नै अहलिे आरामसँगै मह काढ्न सकिन्छ । यसमा ९ जनाको नै हात मिल्न पर्छ । नत्र जे पनि हुन सक्छ ।’
शिकारी र भिरौटेहरुलाई दिनगन्ती ज्याला
लान्द्रुक हनि हन्टिङ फेस्टिबल समितिले कोटेसाङ महभीरमा मह काढ्ने शिकारी र भिरौटेहरुलाई दैनिकी ज्याला नै तोकेको छ ।
प्रमुख शिकारी र शिकारीको सहयोगीको समान ज्याला तोकेको समितिले बाँकी भिरौटेहरुको फरक–फकर ज्याला समितिले निर्धारण गरेको समितिका अध्यक्ष गिरधारी पौडेलले बताए ।
उनले वर्षमा दुईपटक मह काढ्ने बताउदै पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित लान्द्रुक हनि हन्टिङ फेस्टिबल आयोजना गर्दै आएको सुनाए ।
दुईदिन सम्म सञ्चालन भएको फेस्टिबलमा कोटेसाङ महभीरमा रहेका करिब ३० वटा भीर माहुरीको आधा दर्जन घारको शिकार गरिएको थियो । समितिले गत वर्ष कोरोनाका कारण बाह्य पर्यटक नभित्रीएपनि यो सिजनमा आन्तरिक भन्दा बाह्य पर्यटकहरुले अवलोकन गरेको आयोजकले जनाएको ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहर...
प्रकाश सिलवाल: महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नाग...
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा...