पोखरा १५ र आई एनएफ नेपाल बिच ‘स्वास्थ्य सेवा’ विस्तारका लागि सहमति
पाेखरा | पुस १, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं –१५ र आई एनएफ नेपाल बिच थप ‘स्वास्थ्य सेवा’ विस्तारका लागि सहमति भएको छ ।
पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार आई एनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ ।
सहमति पत्र बुझ्दै वडा अध्यक्ष बानियाँले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आई एनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित वडा नं –१५ को ठुलो एरियामा फैलिएर नागरिकलाई विगत ७० वर्ष देखि विशिष्ट सेवा दिँदै आइरहेको उक्त संस्था अवस्थित वडाको जनप्रतिनिधि भएर सहकार्य गर्दै अगाडी बढ्न पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिए ।
उनले वडा नं –१५ लाई भवनमा बस्ने तथा करोडौँका गाडी चढ्ने व्यक्ति र झुपडीमा बस्ने व्यक्तिले पनि स्थानीय सरकारको अनुभूति गरोस् भन्ने हिसाबले हाल वडाले मानवीय विकासमा प्रत्यक्ष असर गर्ने खालका कार्यक्रमहरू ल्याएको बताउँदै यहाँका सङ्घ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा ती कार्यक्रमहरूलाई पूरा गर्न कोसिसमा लागिरहेको बताए ।
आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिलेको माहौल हेर्दा फरक अनुभव गरेको प्रतिक्रिया दिए। उनले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वकोको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडी बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताए ।
यस्तै, आई एनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताए । उनले अहिलेको ठुलो समस्या भनेको नसर्ने रोगको समस्या रहेको र शहर गाउँ भन्दा नसर्ने रोगको ठुलो समस्या बोकेको ठाउँ भएको कारण यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडी बढाउने बताए ।
कार्यक्रममा आई एनएफ नेपालका मानव संसाधन विकास व्यवस्थापक लेखनाथ केसी, प्रशासन तथा सम्पर्क सहायक चूडामणि पौडेल, वडा सदस्य बलराम पौडेल, वडा सचिव आविष्कार पौडेल, विष्णु प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो भन,े सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण बास्तोलाले केन्द्रले दिँदै आइरहेको सेवा तथा समस्याका बारेमा बोलेका थिए ।
स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती महिलाको जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ ।
यसअघि पनि संस्थालाई आई एनएफ, हेप्पी होम, अनुग्रह लगायतका सङ्घ संस्थाले सहयोग गरेका थिए ।
दमौली: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...
काठमाडौं: नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...