सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडाैं | मंसिर २९, २०७९
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो ।
बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको छ ।
बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

