सगरमाथा दिवस मनाइयो

काठमाडाैं | जेठ १५, २०७९

सगरमाथा दिवस मनाइयो

काठमाण्डौँ:    आज १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

 

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।  

 

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन मे २९ तारिकको स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

 

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउदैँ आएको छ ।

 

मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागीता रहेको छ ।

 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहणलाई सुरक्षित र व्यावसायिक बनाइनुपर्नेमा जोड दिनुभयो ।

 

कीर्तिमानी आरोही कामीरिता शेर्पाले पर्वतारोही शेर्पा पथ प्रदर्शकको समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले दिवस मनाउनुको औचित्यबारे प्रकाश पार्दै पुरस्कृत आरोहीको विवरण घोषणा गर्नुभएको थियो ।

 

कार्यक्रममा रु एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार प्रख्यात आरोही निर्मल पुर्जालाई प्रदान गरिएको छ । यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, खिमलाल गौतम र दाबा शेर्पालाई प्रदान गरिएको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री आलेले वितरण गर्नुभएको थियो । औपचारिक कार्यक्रमअघि पर्यटन व्यवसायी एवं सरोकारवालाहरूको अगुवाइमा ठमेलदेखि कार्यक्रमस्थल कमलादीसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

 

सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । पछिल्लो पटक कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । शेर्पाले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । आप्पा शेर्पाले २१ पटक तथा अन्य कीर्तिमानी आरोहीले नयाँ रेकर्ड बनाएका थिए ।

 

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२०’ का अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म ६ हजार ५०७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला मात्र ४७१ जना पुगेका छन् । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

 

सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको थियो । जापानी नागरिक जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोहीको रेकर्ड छ ।

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्