ल्याण्डफिल राखिने वडामा अवसर पनि थपिनेछ: अधिकारी
पाेखरा | मंसिर २७, २०७९
पोखरा महानगरपालिकाबाट जम्मा हुने फोहोर व्यवस्थापन गर्न अहिले ल्याण्डफिल साइटको खोजी भइरहेको छ । नयाँ साइटको खोजीमा अहोरात्र मिहिनेत गरिरहेको महानगरसँग प्रश्न गर्दा ‘अब छिट्टै टुंगो लाग्ने’ रेडिमेड जवाफ पाइन्छ ।
तर रेडिमेड जवाफ हैन काम नै भइरहेको पोखरा महानगर फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार ल्याण्डफिललाई डम्पिङ् साइट भनेर बुझ्दा स्थान चयन हुन नसकेको बताउँछन् ।
प्रशोधन केन्द्र स्थापना गर्न ८० देखि सय रोपनीसम्म जमिन आवश्यक पर्ने महानगरको अनुमान छ ।
हाल भइरहेको जस्तो फोहोर डम्पिङ् गर्ने नभई प्रशोधन केन्द्रकारुपमा ल्याण्डफिल व्यवस्थापन हुने अधिकारीले जनाए । वडा नम्बर ३३ का अध्यक्षसमेत रहेका अधिकारीले धरान र दिल्लीमा अवलोकन गरेर फर्किएपछि सोही अनुसारको व्यवस्थापन गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।
महानगरले हाल वडा नम्बर २१, २२ र ३३ मा साइट राख्ने प्रारम्भिक निष्कर्ष निकालेर योजना बनाइरहेको छ । ‘फोहोर फाल्ने डम्पिङ् साइट राख्न दिनुहुन्न भन्ने बुझाई छ’ अधिकारी भन्छन् ‘ तर त्यसो होइन, हामी पूर्ण आधुनिक शैलीमा प्रशोधन केन्द्र बनाउँने छौं ।
अधिकारीका अनुसार जहाँ फोहोर प्रशोधन केन्द्र स्थापना हुन्छ त्यस वडामा अवसरहरु पनि उपलब्ध हुनेछ । ‘मुख्य कुरा त त्यस वडामा रोजगार सृजना हुनेछ, त्यहाँ वडाबासीलाई प्राथमिकता दिइनेछ’ अधिकारी भन्छन्, ‘सडक, बाटोघाटोसँगै विकास र पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन हुनेछ ।’
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको विषय भएकाले प्रदेश र संघबाट पनि उक्त वडामा रकम विनियोजन हुने सम्भावना उत्तिकै रहेको उनको धारणा छ ।
विमानस्थल पोखरा र देशकै गौरवमय योजना भएकाले अब कसैले पनि अनावश्यक खिचलो थाप्न नहुने भन्दै उनले सबै पक्षलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

