‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार
काठमाडाैं | मंसिर २५, २०७९
काठमाडौं: साम्राज्ञी शाह अभिनित तीन फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् ।
पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने साम्राज्ञीको मौका रहेको छ ।
यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुनेछ ।


पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

