स्कुल टोल विकास संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न
पाेखरा | मंसिर २५, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवम् १० औं अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष कार्कीले समाजका हरेक गतिविधिमा सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष इन्दबहादुर खत्रीले सबैको साथ र सहयोगमा टोलका विभिन्न सामाजिक गतिविधि बढाइएको भन्दै सहयोगी प्रति आभार व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता तथा समाजसेवी खेमराज अधिकारी, गणेशबहादुर खत्री लगायतले समाजमा यो वा त्यो रुपमा कसैप्रति विभेद नगरी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अधिवेशनले समितिको आगामी कार्यकालका लागि बलराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा अप्सरा घिमिरे, सचिवमा विद्या अधिकारी, कोषाध्यक्षमा लिला पराजुली, सह सचिवमा केशकुमारी थापा(ख) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा नारायणी थापा, लक्ष्मी केसी, निला गुरुङ, संगिता ढकाल र मनिता केसी रहनुभएको छ । अधिवेशनका लागि खेमराज अधिकारीको संयोजकत्वमा गणेश केसी र पार्वती बस्नेत रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष केसीले सबैको साथ र सहयोगमा टोलका विकास निर्माण लगायतका सामाजिक गतिवधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

